Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

०९ फागुन , काठमाडौं । चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । ग्रिनलाइनका संचालक अमित अग्रवाल तीन दिन अघि काठमाडौं परिसरको टोलिले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि पक्राउ गरेको हो ।

चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

सञ्जय अधिकारी र टंक शम्शेर जबराको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो । सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ। काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

पुस २२ गते अमित सहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए । आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन् ।

माघ २७ गते अमित काठमाडौं आइपुगेका थिए । परिवारमा विरामी भएकाले एक महिनासम्म सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए । अग्रवालल परिवार विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा एक अर्ब भन्दा बढी लोन लिएको देखिएको छ । ३४ दिन परिवारसँगै बेपत्ता भएका उनको परिवार पछि सम्पर्कमा आएको थियो। व्यवसाय धराशयी भएको तथा मिटर ब्याजका कारण बेपत्ता हुनुपरेको नोट घरमा छाडेर सिंगै परिवार गायव भएको थियो ।

ग्रिनलाइनको चेक बाउन्स भएपछि गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पनि प्रहरीकहाँ उजुरी गरेका थिए । उनले रक्सी बिक्रीको रकम नपाएको र चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए । रकम नपाए आफूले सप्लाइ गरेको रक्सी फिर्ता पाउँ भन्दै उनले आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै