Comments Add Comment

Advertisment

SKIP THIS

‘ड्रेस टु इम्प्रेस–४’ फेसन शोमा ४ विधालाई उपाधि

९ फागुन, काठमाण्डौं । याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा ४ जनाले उपाधि जितेका छन् । काठमाडौंमा सम्पनन् ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिनन् ४ विधामा उपाधि प्रदान गरेका हुन् ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी) द्वारा आयोजित डिजाइनर कन्टेस्ट प्रतियोगितामा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरीले माउन्टेनियरिङ उपाधि पाए ।

विजेता बनेका ४ जनाले आईआईएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लवको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाए ।

शोमा डिप्लोमा कोर्ष पूरा गरेका १४४ जना डिजाइनहरुले सहभागी जनाएका थिए । ति मध्य ४ जनाले फरक फरक बिधामा उपाधि जितेका हुन् । ‘ड्रेस टु इम्प्रेस’ सिजन चारका लागि हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्राशान्त ताम्राकार, फेसन डिजाइनर युबी थापा बुटिक एशोसिएशनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक रहेका थिए ।

काठमाडौंको बागबजार र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले आफ्नो कलेजका विद्यार्थीहरुका लागि चार वर्षअघि ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठाको प्रेक्षालयमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै