Comments Add Comment

Advertisment

SKIP THIS

पल शाहलाई दुर्गेशको चेतावनी

१२ फागुन , काठमाडौं । गायक दुर्गेश थापाले अभिनेता पल शाहले आफूमाथि झुटो आरोप लगाएर उम्किन खोजेको बताएका छन् । पलले आफूलाई फसाउने दुर्गेश थापालगायतको षड्यन्त्र रहेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन्।

‘गल्ती उहाँहरूले गर्ने दोष हामीलाई दिन त भएन नि। गल्ती उहाँहरू गर्ने अनि सबैलाई झोस्दिएर हुन्छ त,’ उनले बिएल नेपाली सेवासँगको कुराकानीमा भने, ‘पहिला हामीलाई जोगाउनुहोस भन्दै रुँदै आउने अहिले झम्टिएर हुन्छरु’

उनले गायिका समीक्षा अधिकारीले सहयोग माग्दै आएपछि सहजीकरण मात्रै गरेको बताएका छन्।‘पलले समीक्षाको फोन उठाउन र म्यासेज हेर्न छोडेपछि समीक्षा मेरोमा रूँदै आयो होइन। एउटी चेली रूँदै आएर पललाई खोज्दिनु पर्‍यो भनेपछि मैले सहयोग मात्रै गरेको हो,’ उनले भने,‘गल्ती गरेपछि न बाउ न आमा कानुनभन्दा माथि कोही छैन्, साथी भन्ने आफ्नो ठाउँमा भयो।’

दुर्गेशले यसबारे आफूहरूसँग सबै प्रमाण रहेको र छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने चेतावनी दिएका छन्। अभिनेता पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक गायिकाले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै बुधबार उजुरी दिएकी छन्। उजुरी अनुसार पलले नाबालिका माथि यौनजन्य क्रियाकलाप गरेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै