ऋण तिर्न दम्पतीको हत्या गरी सुन र पैसा लुटपाट -
Comments Add Comment

Advertisment

SKIP THIS

ऋण तिर्न दम्पतीको हत्या गरी सुन र पैसा लुटपाट

३० जेठ , काठमाडौ । काभ्रे प्रहरीले महाभारत गाउँपालिका-४ तीनखुट्टेमा दम्पती हत्याको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

जेठ ७ गते रति मानबहादुर बल र उनकी पत्नी केकैमाया तामाङको हत्या गरी फरार सिन्धुपाल्चोक जुगल गाउँपालिका-१ का ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार एकेन्द्रले फलामको रड र घनलगायतका औजारले हानेर उनीहरूको हत्या गरेका थिए ।

हत्यापछि सुनका गरगहनाहरू, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्ड तथा नगद लुटी लगेको अनुसन्धानबाट खुलेको छ । एकेन्द्रले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले लुटपाट गर्न हत्या गरेको बयान दिएका छन् ।

काभ्रेकै तेमाल गाँउपालिका-२ काफलडाँडास्थित चुखाबाट तीनपिपल जाने कच्ची सडकमा ५७ वर्षीया साहिली तामाङलाई रडले हानेर हत्या गरेको अभियोगमा मानध्वज तामाङलाईसमेत पक्राउ गरी सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै