Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिराटनगर, नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा श्रावण २६ गतेबाट संचालन भएको अभिमुखीकरण कार्यक्रम आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले कुनै पनि कार्य गर्नको लागि योजनाको आवश्यक रहेको र कार्ययोजना अनुसार काम गरेमा प्रभावकारी हुने हुँदा सोही योजना अनुसार नागरिकको सेवामा खटिनु पर्ने बताउदै नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन तथा बार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारीरुपमा कार्यान्वयन गर्न अभिमुखीकरण कार्यक्रम मा सहभागी प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै