Comments Add Comment

Advertisment

SKIP THIS

चेल्सीको क्वाटरफाइनल यात्रा बलियो

११ फागुन , काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले लिललाई २-० गोल अन्तरले हराएको हो ।

८ औं मिनेटमा केइ हाभर्टेइजले हेड गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। चेल्सीका लागि क्रिश्टियन पुलिसिकले एनगेलो कान्टेले ६३ औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन सकेन र चेल्सीले सहज रुपमा खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।

यससँगै चेल्सीले क्वाटरफाइनल यात्रा बलियो बनाएको छ। चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै