Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनले भन्यो: रुसको हमलामा सातको मृत्यु, थुप्रै घाइते

१२ फागुन, काठमाण्डौं । युक्रेनको प्रहरीले रुसको बमबारीमा सातजनाको मृत्यु भएको बताएको छ । अधिकारीका अनुसार पोदिल्स्कमा एक सैन्य इलाकामा भएको हमलामा ६ जना मारिएको र सात घाइते भएका छन् । यस्तै, १९ जना बेपत्ता भएको बताइएको छ ।

प्रहरीका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपोलमा भएको हो । रुसका राष्ट्रपति पुटिनले बिहिबार बिहान युक्रेनको सैनिक कारवाहीको घोषणा गरेका थिए । त्यसपछि रुसले युक्रेनका थुप्रै सैनिक इलाकामा हमला गरेको छ । युक्रेनले पनि यसको पुष्टि गरेको छ र थुप्रै स्थानमा मिसाइल हमला गरेको बताएको छ ।

 

यद्यपि, रुसले आफूले नागरिकको इलाकामा हमला गरेको भनन्े दाबीलाई भने अस्विकार गरेको छ । यसैबीच संयुक्त राष्ट्र सुरक्षाा परिषद्को आपतकालीन बैठकमा सदस्य देशले संयमता अपनाउन सल्लाह दिएका छन् । थुप्रै देशले कुटनीतिक माध्यमले समाधान निकाल्न आवश्यकता भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै