Comments Add Comment

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ‍डिआईजी रविन्द्र केसीद्वारा पदभार ग्रहण

काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको च.नं. ३६६३ मिति २०८०।०९।२४ गतेका पत्रादेशले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सीले प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।

उक्त स्वागत कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक केसीले सुदूरपश्चिम प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिनु भयो ।

त्यस पश्चात उहाँले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै