Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनमा रहेका नेपाली सकुशल छन् : एनआरएनए

१२ फागुन , काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । एनआरएनएले बिहीबार विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।

‘युक्रेनमा रहनु भएका ३८ नेपालीहरू राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरू युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरू सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसले बिहीबार विहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रहसमेत गरिसकेको छ ।

‘युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरू रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौँ,’ एनआरएनएले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै