Comments Add Comment

Advertisment

SKIP THIS

सोल्टी इन्टरप्राइजेजका होटलमा एनसीसी बैंकका ग्राहकलाई १० प्रतिशत छुट

१३ फागुन , काठमाडौं । सोल्टी इन्टरप्राइजेजले आफू मातहत सञ्‍चालित होटलहरूमा एनसीसी बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने भएको छ । इन्टरप्राइजेज र बैंकबीच ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न द्विपक्षीय सम्झौता भएको हो । प्रवर्द्धनात्मक कार्यक्रमहरू समेत संचालन गर्ने सहमति भएको बैंकले जानकारी दिएको छ ।

सम्झौतामार्फत बैंकका ग्राहकहरूले काठमाडौंस्थित सोल्टी होटल र नेपालगञ्जस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा फूड एण्ड बेभरेजमा छुट प्राप्त गर्नेछन् ।

एनसीसी बैंकले हालसम्म देशभर १३७ शाखा, १३ एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएममार्फत बैंकिङ सुविधा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै