१३ फागुन , काठमाडौं । प्रमिला पराजुलीलाई उनकै श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।
बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश राज मैनालीले बताए ।
रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको एसपीले बताए । प्रमिलाको घाटीमा गम्भीर चोट छ । उनी बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमानलाई प्रहरी बृत्त गौशालाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन ।


