Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमतीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

११ चैत , काठमाडौं । एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल बस्दै आएका वर्ष २१ का भक्तबहादुर थापाले वर्ष २४ की श्रीमती लक्ष्मी तामाङको हत्या गरेका प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएका भक्तबहादुरले दाउले प्रहार गरी श्रीमती लक्ष्मीको हत्या गरेका महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गएराति सामान्य घरायसी विवादका क्रममा भएको घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरुले लक्ष्मीलाई मृत घोषित गरेका उनले बताए ।

प्रहरीका अनुसार घटनापछि फरार भएका भक्तलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment