Comments Add Comment

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

११ भदौ , काठमाडौं । झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

झापा गाउँपालिका-६ स्‍थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले ३५ वर्षीया श्रीमती तालामाईको हत्या गरेको आरोप छ।

शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरी हास्दाले आफ्नी श्रीमतीको कोखमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

हास्दा श्रीमतीको हत्या गरेपछि फरार भएका थिए।

उनलाई शनिबार बिहान ८ बजे नेपाल-भारतको सीमान नजिकै कचनकवल-१ बाट पक्राउ गरेको पाठकले बताए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment