Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी हवल्दार सम्बर तिवारी र प्रहरी जवान पुजन राई एक नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । ईलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार सम्बर बहादुर तिवारी र एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान पुजन राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।

उनीहरुले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् ।

साथै मोटरसाइकल चोरी फरार रहेका व्यक्तिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भूमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले सहायक हवल्दार तिवारी र जवान राईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना एक नम्बर प्रदेश भरीका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै आइरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै