Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी चर्तुभुज ओझा जस्ले १६ बर्ष पछि भारतबाट अपराधी समातेर नेपाल ल्याए

१३ फागुन , काठमाडौं । प्रभुको हत्या गर्ने मुख्य योजनाकार भरत गिरीलाई १६ बर्ष पछि भारत बाट प्रक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यलय बाजुराको प्रमुख चर्तुभुज ओझाले बताएका छन् ।

आफ्नै भतिज नवराज गिरीको हत्या गरी फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी गिरीबाडा बस्ने भरत गिरीलाई १६ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

२०६३ साल माघ ४ गते साँझ साढे ७ बजेको समयमा गाउँकै नवराज भन्ने प्रभु गिरीको हत्या गरेर १६ वर्षदेखि भारतको उत्तराखण्डमा बस्दै आएका गिरीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

नवराज गिरीको हत्या भए लगत्तै जिल्ला प्रहरी कार्यालयमा पिडित पक्षले जाहेरी दिएपछि अभियुक्त भरत गिरी फरार भएका थिए । तत्काल मृतकका दाईले किटानी जाहेर दिई अनुसन्धान पश्चात १२ जना माथि अनुसन्धान भएकोमा भरत गिरी घटनास्थलबाट सोही दिन फरार रहेका थिए ।

अभियुक्त गिरीलाई जिल्ला अदालत बाजुराबाट मिति २०७८ साल माघ ४ गते सर्वश्वसहित जन्मकैदको फैसला ठहर गरेको थियो । २०७० साल भदौ २१ गते सम्मानित सर्वोच्च अदालतबाट फरार मुख्य अभियुक्त भरत गिरीलाई जन्मकैदको फैसला ठहर भएको थियो ।

अभियुक्त भरत गिरीलाई घटना घटेको दिनदेखिनै खोजतलास गर्दा कतै फेला नपरी भारतका विभिन्न स्थानमा लुकिछिपि बस्दै आएको खवर पछि इन्टरपोल संगको समन्वय तथा भारतीय प्रहरीको सहयोगमा १६ वर्ष पछि अभियुक्त गिरीलाई भारतको उत्तराखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् ।

उनका अनुसार १६ वर्षदेखि फरार रहेका अभियुक्त गिरीलाई कानुनी प्रकृया पुर्याई २०७८ साल फागुन १० गते पक्राउ गरी जिल्ला अदालतमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै