Comments Add Comment

Advertisment

SKIP THIS

वागमती प्रदेशका मुख्यमन्त्री गालीगलौजमा उत्रिएको आरोप

२० माघ , काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको आरोप लगाएको छ ।

एमाले वागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहीबार विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादाविपरित गालीगलौजमा उत्रिएको आरोप लगाउँदै कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।

एमाले वागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौला अघिल्लो प्रदेश सरकारले स्थापना कालमै लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर अन्धाधुन्द खर्च गरेको एमालेको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मन्त्रालय फुटाएको छ । तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । जताततै अस्तव्यस्ता सिर्जना गरिएको छ । सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीको कमिटी नबनेको वडामा एक रूपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ । संघीयता विरोधीहरुका लागि टाउको उठाउन र संघीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ ? ’ एमालेले प्रदेश सरकारका गलत कामको साक्षी नबस्न कर्मचारीलाई समेत सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment