Comments Add Comment

Advertisment

SKIP THIS

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

१३ फागुन , काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्राइभेट लिमिटेडका सञ्चालक राजेश खरेलको निधन भएको छ ।

उनको ४५ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

सिमेन्ट उद्योग क्षेत्रमा उत्कृष्ट सेवा गर्दै आएको खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगमा नै अतुलनीय क्षति पुगेको कम्पनी, व्यापारी तथा शुभचिन्तकहरूले बताएका छन् ।

छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रूपमा रिद्धि सिद्धिलाई स्थापित गराउन खरेलको समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको कम्पनीले जनाएको छ ।

२०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापनाको ५ वर्ष भित्रै गुणस्तरीय उत्पादन गर्ने कम्पनीका रूपमा रिद्धि सिद्धि स्थापित भइसकेको र यसमा खरेलको महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै