Comments Add Comment

जसपाले आज एमसीसीबारे निर्णय लिने

१४ फागुन , काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे हालसम्म निर्णय गर्न नसकेको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्णय लिने भएको छ।

आन्तरिक विवादमा रहेको जसपाको कार्यकारिणी बैठक तीन महिनापछि शुक्रवारदेखि सुरु भएको हो ।

जारी केन्द्रीय कार्यकारिणी समिति बैठकमा आज एमसीसीबारे आधिकारीक धारणा तय गर्ने तयारी रहेको नेताहरुको भनाइ छ।

शुक्रबारको बैठकमा कार्यकारिणी सदस्यहरुलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो।

पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment