Comments Add Comment

Advertisment

SKIP THIS

महालक्ष्मी विकास बैंकको २० औं साधारणसभा सम्पनन्, २१.०५२६ प्रतिशत लाभांश पारित

१४ फागुन, काठमाण्डौं । महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा स्थगित भएको छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पनन् भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा समेत छलफल गरि पारित गरेको कम्पनीले बताएको छ । बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिमको वासलत, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरणहरू छलफल गरेर स्वीकृत गरेको छ ।

यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयर धनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर समेत पारित गरेको छ । यस्तै, बोनस सेयरमा लाग्ने १.०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै