१५ फगुन , काठमाडौं । गोदावरी नगरपालिका वडा नं ९ मा अवस्थित श्री छम्पिदेवी माध्यमिक बिद्यालयको प्रङ्गाणमा एक दिने निस्शुल्क पशु स्वस्थ्य तथा बांँझोपन निवारण शिविर सम्पन्न भएको छ।गोदावरी नगरपालिका पशु सेवा शाखा ललितपुरले आयोजना गरेको उक्त कार्यक्रममा १९१ घरधुरीका किसानहरुको घरगोठमा पालिएका ठुला पशु (गाई,भैंसी,थोरे,कोरली),साना पशु ११६९वटा (बाख्रा ,पाडापाडि,बाच्छाबाच्छी),पन्छि-१६३५वटा(हांस,कुखुरा ),कुकुर- १०७-वटा,अन्य २४वटा-(खरायो बिरालो, कालिज, टर्की )लगायतलाई उपचार सेवा प्रदान गर्नुको साथै सवै पशुहरु लाई निस्शुल्क औषधि वितरण गरिएको थियो।


ललितपुर गोदावरी नगरपालिका पशु सेवा शाखाले विभिन्न स्थानमा पशु स्वास्थ्य शिविर संन्चालन गर्दै आएको र आगामी दिनहरुमा यस्ता कार्यहरुलाइ निरन्तरता दिने कुरा पशु सेवा शाखा प्रमुख ईश्वर घिमिरेले बताएका छन्।घिमिरेले पशु सेवा उपचार मा संलग्न सरकारी तथा प्राईभेट रुपमा रहेका प्राविधिकहरुलाई एक ढिक्का बनाउदै हरेक कार्यक्रममा सबैलाई बराबरी मान्यताका साथ अगाडि बढाउदै लगेकाले सन्चालन गरेका हरेक कार्यक्रमहरु ले सफलता पाउदै आएको कुरा प्राईभेट पारा भेटेनरी प्राविधिकहरुले बताए ।

कृषकको उत्साहजनक सहभागिताले उक्त शिबिरको रौनकता अझ धेरै बढाएको थियो, कार्यक्रम मा कृषकको साथसाथै जन प्रतिनिधिहरु गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ,उप-प्रमुख मुना अधिकारी ,वडा ०९ वडा अध्यक्ष आत्माराम थापा को साथै उक्त विषयमा ज्ञान , सीप , क्षमता तथा दक्षता हासिल गरेका विशेषज्ञ भेटेरिनरी डाक्टर तथा प्रविधिकहरु को संलग्नतामा सञ्चालन गरिएको थियोे ।







