Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा दोषी देखिएकालाई कारबाही गर्न गृहमन्त्री रविलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।

जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन बालुवाटार पुगेका गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारवाही गर्न निर्देशन दिएका हुन्।

आयोगले औंल्याएका विषयमा कारबाहीका सन्दर्भमा कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए।

प्रधानमन्त्री प्रचण्डले भने,‘सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न तपाईं अघि बढ्नुस् । तस्करीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय परिचालन गर्नुस् । सत्यतथ्य पत्ता लगाएर अदालतमा पेस गर्नुस् ।’

कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्न प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई निर्देशन दिएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा आएदेखि नै सुन तस्करदेखि बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणसम्मका दोषीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताउँदै सुशासनको पक्षमा आफू प्रतिबद्ध रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै