Comments Add Comment

Advertisment

SKIP THIS

एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ

१६ फागुन , काठमाडौं । काठमाडौं महानगरपालिका-१ नक्साल भगबतीबहालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २१ वर्षीय आकाश तामाङ रहेका छन् ।

गएराति महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment