Comments Add Comment

के हो रुसले युक्रेनमा प्रहार गरेको घातक भ्याकुम बम ?

१७ फागुन , काठमाडौं । युक्रेन द्धन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् ।

रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ।

अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन्।

‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे। रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने। थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा बिस्फोट हुन्छ।

परम्परागत बिस्फोटक पर्दाथको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीर वास्पिकरण गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै