३१ जेठ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आउँदो असार ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्यसचिव सुन्दर पाण्डेले जानकारी दिए ।
देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिर्पोटिङ गर्नेछन् । सातै प्रदेशमा संगठनको अवस्था, कार्ययोजनाबारे पार्टीका प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र संघीय निर्वाचनमा जनवर्गीय संगठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिनेछ ।
पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी दिएको छ भने केहीमा प्रमुख तोक्ने कार्य जारी छ । रासस







