नेपालमा आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन -
Comments Add Comment

नेपालमा आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन

१७ फागुन, काठमाण्डौं । नेपालमा आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन हुन थालेको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ । नेपाल संघका अध्यक्ष ध्रुव थापाले हाल खपत भइरहेकोभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको जानकारी दिएको हुन् ।

हाल नेपालमा कुल ६५ वटा सिमेन्ट उद्योग छन् । ती उद्योगबाट मासिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको र मासिक १ करोड टन मात्रै सिमेन्ट खपत भइरहेको अध्यक्ष थापाले बताए । सरकारको बजेट खर्च समेत न्यून रहेकाले सिमेन्टको खपत बढ्न नसकेको संघले जनाएको छ । यस्तै, कोभिड महामारीका कारण अर्थतन्त्र समस्यामा आउँदा निजी खपत समेत खुम्चिएको छ । यस्तै, सरकारी आयोजनाहरू समेत अगाडी नबढ्दा थप समस्या भइरहेको हो ।

उत्पादित सिमेन्ट खपतका लागि स्वदेशी बजारले धान्ने स्थिति नआएपछि भारत निर्यातको वातावरण निर्माण गर्नुपर्ने व्यवसायीहरूको भनाई छ । सरकारले भारतको विहार र पश्चिम बंगालतर्फ निर्यातको वातावरण बनाएर लगानी डुब्नबाट बचाउनुपर्ने उनीहरूको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds