Comments Add Comment

Advertisment

SKIP THIS

रुस–युक्रेन युद्धस : एक भारतीय विद्यार्थीको मृत्यु

१७ फागुन , काठमाडौं । युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।

बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ ।

भारतको यो निर्देशनले युक्रेनमा भीषण युद्ध हुने संकेत गरेको छ । रुसी सेनाको बख्तरबन्द गाडी ६४ किलोमिटरसम्म लाम लागेर युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै