Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचनमा कस्तो उमेद्वार छनौट गर्ने ?

निर्वाचनमा कस्तो उमेद्वार छनौट गर्ने ? स्थानीय निर्वाचन नजिकिंदै छ । जनप्रतिनिधि कस्तो छान्ने अव ताला चाबी तपाइको हातमा छ । प्रजातन्त्र भनेको जनताले जनताको छोराछोरीलाइ नै शासन सत्ताको सांचो सुम्पने पद्दति हो र यसमा साधारण जनताका छोराछोरी नै सत्ताधिकारमा सर्वेसर्वा हुन्छन । सिद्दान्तमा यसो भनिएता पनि ब्यबहारमा हाल हाम्रो निर्वाचन पद्दति अति नै महंगो अनि घिनलाग्दो बन्दै गइरहेको छ । प्राय: तीनै तहका उमेद्वारहरु निश्पक्ष, निश्कपट अनि मजवुत नैतिक धरातल भएका पाउन निकै गाह्रो छ । पद्, पैसा, पावर र प्रतिष्ठाको जगमा जकडिएको हाम्रो देशको जस्तो निर्वाचन पद्दतिको सामना गर्न कुनैपनि पार्टीका एक इमान्दार, बफादार र नैतिकवान कार्यकर्ता अनि जनप्रतिनिधिकोआकांक्षा राख्ने जो कोहीलाइ पनि अगाडि बढेर देश बिकास गर्छु भन्ने अठोट सपनामा मात्र सिमीत भएको छ । यहाँ त कुन्ठे मुन्द्रे, जो नेताको सेवा गर्छ र जसंग धेरै पैसा छ उसैको हालिमुहाली छ । पार्टीको नीति र सिद्दान्तको अध्ययन भन्दा नि आफ्नो आचरणलाइ धन र दौलत अनि आवेग र कुन्ठासंग दांजेर अगाडि जो बड्छ उही नै हुन्छ अवसरको पारखी । त्यसैले , बालचन्द्र भन्डारीको लेखबाट केही शब्दहरु साभार गर्न मन लाग्यो :

“तपाईं निरन्तर लेख्नुहुन्छ, कतै देखिनु हुन्न, कुनै भाग पनि खोज्नुहुन्न, हैन कस्तो खालको मान्छे हो तपाईं ?´´अझ थप्नु भयो कि आजकल पनि यस्ता मान्छे भेटिन्छन यार, अचम्म !´´ मलाइ हिजो एक्जना साथिले सुटुक्क सोध्नुभएको प्रश्न हो यो। उसो त मलाइ वहाँले धेरै ठाउँमा मेरो उपस्थिती नदेखेर धेरै पटक म्यासेन्जरमैं सहि, जिज्ञासा सल्लाह चासो राख्नुहुन्छ।

म प्रतिको वहाँको सदासयता प्रती हार्दिक नमन छ। वहाँको यस्तो जिज्ञासामा मैले उत्तर दिनै पर्दैनथ्यो। त्यो जिज्ञासामा नैं अपेक्षित जवाफ अन्तरनिहित थियो। मत्लव म कुनै पदको आकाङ्क्षी छैन। म अहिलेको अस्वस्थ प्रतिष्पर्धाको पक्षमा छैन। म त जिम्मेवारी र कर्तव्यलाइ अधिकारको डोरोले डोहोरिन प्रशिक्षित मान्छे अहिलेको सत्ता स्वार्थ यौन र पैसाको छिनाझप्टिमा तलाउमा हाम फाल्ने योग्यता छैन, त्यो अनुरुपको प्रशिक्षणबाट प्रशिक्षित हुने अवसर नै जुटेन। तसर्थ म अहिलेको बदलिंदो परिवेशमा चलखेल गर्न अयोग्य छु।

तत्कालै अर्को साथी भेटिनुभयो सामान्य भलाकुसारी पनि भयो तर त्यो भन्दा बढी आंफुलाई हरेक अवसरबाट बञ्चित गरेको वा गरिएको सन्दर्भमा फोहरा छुट्यो म लचप्पै भिजें! दुई मिनटको कुराले म सर्वाङ्ग चिसो भएं। आखिर किन हुन्छ यस्तो ?

हिजो म संगठित हुँदाताका त नेताहरुले विवेक पुर्याउँथे। संगठित सदस्यहरु थोरै हुन्थे। उहिले लेनिनको पालामा अन्तरिक्ष यात्री युरि गागरिनलाई के माग्छौ भन्दा रुसि कम्युनिस्ट पार्टीको सदस्याता दिनु हुन आग्रह गरेका थिए रे ! यो कुरा पियाएर हामीलाई चढ्दो उमेरमा उद्वेलित गरिएको थियो। हामी निकै भावुक हुन्थ्यौं र नेता बडो दु:खले आर्जित गरिएको कारणबाट नेतासंग हाम्रो प्राण साट्न लाइन लाग्ने संस्कृती विकास गरिएको थियो। हामी त्यसैमा मख्ख थियौं।हामी कम्युनिस्टहरुले आम सर्वसाधारणका समस्याहरुको योग्यता क्रमानुसार उचित समयमा सम्बोधन गर्ने छ र सामन्ती संस्कारको अन्त्यसंगै शोषण रहित समाजको निर्माण गरि पूँजिको उच्चतम विकास गर्दै समाजवाद र साम्यवादको शिखर छुने उत्कृष्ठ अभिलाषा सहितको तिलष्मी सपना बाँडेर हाम्रो बौद्धिक शोषण गरेका रहेछन् भन्ने भेद अहिले आएर फस्ल्याङ्ग भएको छ।

पार्टीमा यस्तो सोंच राख्ने यस अघि एकपटक भोट दिएको मान्छे पनि आफ्नै मात्र योगदान रहेको अरुको योगदानको तृण बराबर पनि मूल्याङ्कन गर्न हिच्किचाउने आफैं मात्र जान्ने सुन्ने अरु त दास ठान्ने मैमत्ता स्वाँठहरुको सल्बलाहट देख्दा आफैं प्रति लाज लाग्छ। जस्ता मान्छे पनि पद पैसा र यौनपूर्ण कुण्ठा बोकेर छिन भरमा धनी हुने र ऐश आरामका साथ जीवन जिउने सपना बोकेर गरीब किसान मजदुर पिछडिएका बर्गलाई भर्याङको अखेटो बनाएर सत्ता चुम्ने लुच्चाहरु आज फेरि समाजमा सल्बलाएका छन्।

२०७९ वैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय भैसकेको परिप्रेक्षमा जनताको आँखामा छारो हाल्न फेरि विभिन्न गुट उपगुट र समूह निर्माण गरि तपाइँ हाम्रो घर आँगनमा पसरो पर्न आउने क्रम शुरु भएको छ। भुरा नेता छोटे नेता टोले नेता आदी आदी टाउकोमा रातो निलो टालोमा हंसिया हथौडा अनि रुखाकृती बाँधेर तपाइँ हाम्रो शान्ती भंग गर्न, रक्सी मासु अनि पेट्रोलादी पदार्थको उच्च्तम भाउ बढाउँदै तपाइँ हाम्रै छातीमा टेक्न आउनेछन्। तिनिहरुले पद पैसा र पावरको तृशंकुमा हाम्रो कमिजको टाँक चुँडाएर औंला घुसार्ने छन् र पुन:पद प्राप्ती गर्न जे पनि गर्ने छन्। यिनले न नेतालाइ टेर्छन् न सिंद्धान्तलाई आफ्नो मार्ग निंर्देशक ठान्छन् यी त चरम अवसरवादी चरित्रका छिर्केमिर्के लोखर्केहरु जस्तै बुरुक बुरुक वल्लो हाँगो र पल्लो रुख चाहार्दै हिंड्ने छन् !😎🙈😂🤔

आफ्नो पार्टिको सहि नेतृत्वको विरुद्ध स्वार्थी जत्था कहिले यता कहिले उता स्याँस्याँ सुँसु र स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै उच्च तहका नेताहरुलाई अनुचित प्रभावमा पार्न तेल लाउने फोटो खिच्ने र अनावस्यक नजिक हुने परिपाटी दिन दो गुना रात चौगुना स्तरमा वृद्धि भएको छ। यदि जिम्मेवार नेताहरुले लतो छोड्ने हो र “आउरेबाउरे धुपौरे हुक्के चिलिमे सालासाली ज्वाईं भेना” सवार हुने हो भने स्मरणीय छ चुनाव त जितौंला रे तर समस्या माथी विजय प्राप्त गर्न सक्ने छैनौ बरु झन प्रबल बनेर ज्युँका त्युँ अड्किने छन् अफ्ट्यारोमा ! यस्ता छाडा कार्यकर्ताहरु जो आंफुले चुनावको टिकट पाए ठिक नत्र, पार्टी उम्मेद्वारलाई हराउन जस्तोसुकै वितण्डा मच्चाउने मार्झण्ड संस्कृती सशक्त भएर सत्ता उन्मादमा उम्लिने हो भने इमान्दार नैतिकवान विद्वान शालीन त्यागी कार्यकर्ता पछि पर्न गै “धनी छुल्याहा फटाहा घुसखोर दलाल दुराचारी निर्विवेकी मूर्ख शुकुलगुण्डा” नेतृत्वमा पुग्नसक्ने खतरा रहन्छ जस्ले लोकतन्त्रको खिल्ली उडाउँछ।

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै