Comments Add Comment

पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, २ जना घाइते

१८ फागुन , काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ ।

पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले बताए । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए ।

एसएसपीका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल लगिएको थियोे । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।

‘पुल जीर्ण छ भन्ने खबर प्रहरीलाई थियो, त्यसैले त्यता नजान सचेत गराइरहेका थियौं’ उनले भने, ‘यद्यपि पुल भत्कियो, तर प्रहरी नजिकै भएकाले धेरै क्षति हुन पाएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै