Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

१८ फागुन, काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका-८ सिमा नगरबाट करिब ३ ग्राम २ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बासगढी नगरपालिका-९ तोरैया बस्ने ४२ वर्षीय शेर राम चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बा.४४ प २९०१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका शेर रामलाई प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै