Comments Add Comment

नेकपा एमाले नागार्जुन नगरकमिटीद्वारा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु

१९ फागुन , काठमाडौं । सरकारले स्थानीय तहको घोषणा गरेसँगै राजनैतिक गर्मी बढ्दो क्रममा रहेको छ। स्थानीय तह निर्वाचन केन्द्रित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) नागर्जुन कमिटिको आयोजनामा नगरपालिका स्तरिय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

उक्त कार्यक्रम आज ११:३५ बजे काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित स्टार व्याङकेटमा भएको आयोजकले जानकारी दिए।

स्थानीय तह निर्वाचन केन्द्रित नगरपालिका स्तरिए प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा संघिय सांसद कृष्ण कुमार राईको प्रमुख अतिथित्व रहेको छ भने नागर्जुन कमिटी अध्यक्ष नन्दन हरी गौतमले सभापतित्व गरेका थिए ।

उक्त कार्यक्रम बागमती प्रदेश सांसद प्रकाशमान श्रेष्ठ,बागमती प्रदेश सांसद केशब प्रसाद पोखरेल ,नागर्जुन ३ न वडा अध्यक्ष प्रेमलाल श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै