Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि पुनःमतदान

२० फागुन , काठमाडौं । नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो ।

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए ।

उनका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा कूल एक हजार ४९३ मतदाता छन् । बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै