Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ आज

२१ फागुन , काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ आज हुँदैछ । शनिबार संघीय संसद सचिवालय, सिंहदरबारस्थित कानून समितिको बैठक कक्षमा शपथ कार्यक्रम आयोजना गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।

संविधानबमोजिम राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरुको शपथ गराउनुहुनेछ । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ पद रिक्त हुन्छ । २० जना राष्ट्रिय सभाका सदस्य शुक्रबारदेखि बिदा हुनुभएको छ । आज सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक जना बाहेक १९ जनाको शपथ हुनेछ ।

राष्ट्रिय सभाका १९ सिटका लागि माघ २४ गते भएको निर्वाचनमा गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो ।

रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित ‘क्लस्टर’सँग सम्बन्धित रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै