२४ फागुन , काठमाडौं । काठमाडौंको बालाजुमा महिला दिवस बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महानगरीय प्रहरी वृत्त बालाजु तथा सामूदायिक सेवा केन्द्र एवं आठ मार्च शसक्तिकरण मञ्च बालाजु र राष्ट्रिय अपाङ्ग महिला संघको संयुक्त आयोजनामा “जनचेतनामूलक र्याली” निकालेर महिला दिवस मनाइएको छ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित बालाजुको बनस्थली चोकमा भेलाजम्मा भई महिला नौमती बाजागाजा र बिभिन्न नारा सहितको प्लेकार्ड सहित बालाजु चोक हुँदै बाईसधारा पार्कमा कार्यक्रम गरिएको थियो । १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीको आतिथ्यता तथा राष्ट्रिय अपाङ्ग महिला संघ कि अध्यक्ष उषा सिंखडाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा एसएसपी गिरीले शुभकामना सन्देश मार्फत लैङ्गिक समानताको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै आवश्यक रहेकोले सबै पुरुषहरुले महिलाको सम्मान गरौँ महिला नारि हुन महिला आमा हुन कसैले पनि नारिको अपमान नगर्न उल्लेख गरेका छन् ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्तका डिएसपी गौतम मिश्रले सहभागी महिलाहरूलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्था कर्मचारी, पत्रकार, सुरक्षा कर्मि, शिक्षक, बिद्यार्थी लगाएत सम्पुणर्को उपस्थीति थिए ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्थामा महिलाको अधिकार अगाडी बढाइको छ ।







