Comments Add Comment

११२ औं नारी दिवसको अवसरमा काभ्रेका प्रहरी कर्मचारीलाई स्वास्थ्य शिविर

२४ फागुन,काठमाडौं । जिल्ला प्रहरी कार्यलय काभ्रेले ११२ औ अन्तर्राष्ट्रिय नारीरमहिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र बनेपा हेल्थ केयरको सहकार्यमा प्रहरी कर्मचारीहरु लाई लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

उक्त स्वास्थ्य शिविरमा प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डे , प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी लगाएतका व्यक्तिहरूको उपस्थिति मा कार्यालय मातहत प्रहरी कार्यालयमा कार्यरत कुल जम्मा ८२ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थिए । स्वास्थ्य शिविर कार्यक्रममा विशेषत महिला प्रहरी कर्मचारी केन्द्रित प्रसुती तथा स्त्री रोग सम्बन्धी परामर्श विशेषज्ञ डा। चुनुमिला महर्जनले प्रदान गर्नु भएको थियो।

No description available.

ब्लड प्रेसर, सुगर लेबल, ब्लड ग्रुप निश्चय लगायत अन्य मेडिकल परामर्श डा। राजेन्द्र गौतम ज्यूको टिमले प्रदान गर्नु भएको थियो । जनताको सेवामा हर हमेसा केन्द्रित प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयको परिसरमै स्वास्थ्य शिविर आयोजना गरी निस्शुल्क परामर्श र औषधी वितरण गरी शिविर सम्पन्न गरियो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै