Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२४ जेठ , काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल सोमबार राति साढे ९ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकलमा सवार २ जना मध्ये चालक को हुन् भन्ने खुल्न नसकेको अस्थायी प्रहरी पोष्ट हेम्जा कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment