Comments Add Comment

Advertisment

SKIP THIS

‘प्रेमगीत ३’ को हिन्दी भर्सनपनि ७ असोजमै रिलिज हुने

२७ भाद्र , काठमाडौँ । ७ असोजदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘प्रेमगीत ३’ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अव भने दुबै भर्सन एकैदिन रिलिज हुने भएको छ ।

फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा रिलिज हुने जानकारी दिएका छन् । ‘दर्शकको मागलाई ध्यानमा राखेर फिल्म ‘प्रेम गीत ३’ को हिन्दी र नेपाली एकै दिन रिलिज गर्ने निर्णय गरेका छौँ,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म बलिउडमा पनि रिलिज हुँदैछ । बलिउडमा भने फिल्मको हिन्दी भर्सन मात्र रिलिज हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment