२७ असार , काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।

सोमबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा,रुपन्देहीमा कार्यरत रहेका भट्टराईलाई गृह मन्त्रालयले बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा सरुवा गरेको थियो ।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा रहेका बसन्त बहादुर कुवर डीआईजीमा बढुवा भएपछि जनक भट्टराईले अपराध महाशाखा प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।
नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउका उनले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय हाजिर भए पश्चात उनले मातहतका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।







