मादी बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत -
Comments Add Comment

मादी बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत

२६ फागुन , काठमाडौ । बिहीबार बिहान संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत भएको छ । १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

पाँच जना घाइतेमध्ये उपचारका लागि हेलिकप्टरबाट धरान ल्याइएकी मादी नगरपालिका–५ की ३० वर्षीया युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समिक्षा योन्जन र उनका छोरा ८ वर्षीय सुदिप घिसिङ, मादी–२ इन्द्र अधिकारी, मादी–६ की ३० वर्षीया सिता विक रहेका छ। सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी ५ वर्षीया दिक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानी प्रसाद दाहालको मृत्यु भएको छ ।

त्यसैगरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुम फाक्चामाराका सवारी धनी तथा चालक विपिन निरौलाको मृत्यु भएको डिएपी सुवेदीले बताए ।

अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै