Comments Add Comment

Advertisment

SKIP THIS

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

२७ असार , काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन रुलिङ गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गम्भीर प्रश्न उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक-पटक सांसदहरुले नै गुनासो गर्ने गरेका छन् ।

आजको बैठकमा सांसदहरुले अर्थतन्त्र संकटमा परेको, पाठ्यपुस्तक समयमै पुग्न नसकेको, रासायनिक मलको अभाव, विपद्का घटनामा कमी आउन नसकेकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै