Comments Add Comment

Advertisment

SKIP THIS

विद्यार्थी मृत्यु प्रकरणवारे ! सम्बन्धित निकाय माैन

फागुन २७ , काठमाडौ । गत फागुन २४ गते लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वार्ड न ९ सिउडीवारस्थित फ्युचर स्टार आवासीय मा बि मा कक्षा १० मा अध्ययनरत छात्र सनिज श्रेष्ठको मर्स्यांदीमा पौडी खेल्ने क्रममा डुबेर निधन भएकोले गत २४ गतेदेखि नै लमजुङको सुन्दरवजार क्षेत्र तनावग्रस्त भएको हुंदा जिल्ला प्रशासन कार्यालय लमजुङले कर्फ्यु आदेश नै जारी गर्यो ।
स्थानीयका अनुसार करिब मध्यान्हको समयमा वार्डेन सरोज अमलियाले केही विद्यार्थी लिएर मर्स्यांग्दी नदीमा पौडी खेल्न गएका थिए । केही समयपछि कक्षा १० मा अध्ययनरत छात्र सनोजको नदीमा डुबेर मृत्यु भएको थियो । मृतकका आफन्तका अनुसार उनीहरु कसैलाइ पनि थाहै नदिई मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पत्ताल लगिएको थियो ।
विद्यार्थी निधनको घट्नापछि मृतकका आक्रोसित आफन्तजनको भिडले बोर्डिङमा तोडफोड गरेका थिए । सो नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाईफायर समेत प्रयोग गरेको थियो । सो क्रममा दुई जना प्रहरी समेत घाइते भएका थिए भने तोडफोड गर्न तम्सनेहरू कम्तिमा पांच जना घाइते भएको जानकारीमा आएको छ ।
घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडितपक्षले २४ गते साँझ विद्यालयको २ वटा बस र एउटा भ्यानको सिसामा तोडफोड गर्नुका साथै स्कुलको सानो गेट समेत भत्काएको प्रहरीले बताएको छ । प्रदर्शन बढ्दै गएपछि अश्रुग्यास र हवाइ फायर गर्दै लाठीचार्ज समेत गरिए थियो । २५ गते ठूलो संख्यामा आएर विद्यालय नै जलाउने तयारीमा लागेको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञासमेत जारी गरेको थियो ।
मृतकका आफन्तले आफूहरूलाई थाहै नदिई शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेसीशहरमा लगिएको , त्यत्रो डरलाग्दो मर्स्यांग्दी नदीमा पौडिन नजान्ने विद्यार्थीलाइ किन लगियो भन्दै आफन्तजनले जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय लमजुङमा पनि प्रदर्शन गरेका थिए । छात्रावासमा राखेको विद्यार्थीलाई बाहिर लगेर घटना घटाएको दावी मृतकका दाजु नाता पर्ने कृष्णकुमार श्रेष्ठले गर्नु भएको छ । उहाँ, उहाँको अन्य आफन्त र स्थानीयको भिडले प्रहरी कार्यालय र विद्यालय परिसर घेराउ गरी तोडफोड गर्न थालेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । मृतकका आफन्तले वार्डेन सरोज अमलिया र विद्यालयका संस्थापक एवम् निर्देशक बाबुराम पौडेललाई पनि कारबाही गरिनु पर्छ भन्दै किटानी जाहेरी दिएका थिए । स्थानीयका अनुसार प्रहरी कार्यालयले सो जाहेरी लिन नमानेपछि सो भिड झन उत्तेजित अवस्थामा पुगेको थियो ।
पछि दुवै पक्षको सहमतीको प्रयास जारी रहेको भएपनि उक्त विद्यालयमा केही वर्ष पहिला पनि सुन्दरबजार नगरपालिका १० धुर्सेनी निवासी बिमला भन्डारीकी कक्षा १ मा अध्ययनरत छोरी पृन्स भन्डारीको होस्टेलको लापरवाहीको कारण मृत्यु भएको थियो र सो घटनालाइ थामथुम पारी मिलाइएकोले पनि हालको घटनामा मृतक सनोजका आफन्त लगाएत स्थानीयले पटक पटक उक्त विद्यालयमा यस्ता गम्भीर प्रकृतिका घटनाहरु लापरवाहीका कारणले दोहोरिइरहदा पनि सो विद्यालय प्रशासन र निर्देशकले उन्मुक्ति पाइरहेकोले आफुहरुले कुनैपनि हालतमा उनीहरुलाइ सशक्त कारवाहीको दायरामा ल्याएरै छोड्ने बताएका थिए ।
हुन त भनिन्छ नि, ” नेपालको कानुन जसको पौंच उनैले जानुन अर्थात जो होचो उसका मुखमा घोचो ” भनेजस्तो कयौं वर्ष पहिलादेखि नै नेपालको प्रशासन र राजनीतिक संयन्त्र पद, पैसा, पावर र प्रतिष्ठाको वरिपरी नाचेकोले वास्तविक पिडीतले न्याय पाउन धेरै गाह्रो छ । नेपालमा यस्ता गम्भीर घटनाहरुलाइ बिगतमा पनि सामान्यरुपमा लिइएको यथार्थ हामी सामु छ । कस्ता कस्ता जघन्य अपराधीहरुलाइ त राजनीतिक संरक्षणको आवरणले मुक्ति दिइयो भने हालको यो घटनालाइ पनि त्यसरी नै थामथुम नपारिएला भन्ने के ठेगान छ र ? तसर्थ उक्त विद्यालयमा भएको त्यस्ता प्रकृतिका घटना फेरि पनि नदोहोरियोस र पिडीत पक्षको जाहेरी लिएर घटनाको निश्पक्ष छानविन गरी दोषीउपर कडा भन्दा कडा कारवाही होस भन्ने पिडीतको माग संबोधन गर्न सम्बन्धित निकाएको ध्यान जावस !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै