Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसुरमा फरार महिलालाई अपराध महाशाखाको टाेलिले पक्राउ

फागुन २७ ,काठामाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्दामा फरार रहेकी महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक गाउँपालिका- ३ घर भई हाल काठमाडौं रामकोट बस्ने ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेकी छन् ।

शान्तालाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत ललितपुरले २०७८ माघ २१ गते ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उनलाई बिहीबार सितापाईलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै