Comments Add Comment

Advertisment

SKIP THIS

३ लाख भारतीय रूपैयाँसहित विमानस्थलबाट २ जना थाई महिला पक्राउ

फागुन २७, काठमाडौ । ३ लाख भारतीय रूपैयाँसहित विमानस्थलबाट २ जना थाई महिला पक्राउ परेका छन । अवैध रूपमा लुकाई छिपाई लैजान लागेको नेपालमा प्रतिबन्धित २ हजार दरको ४ थान र ५ सय दरको ५ सय ७३ थान गरी जम्मा २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जना थाई नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेकाे हाे  । 

पक्राउ पर्नेहरूमा राहदानी नम्बर एबि २८७६४६६ वाहक ३२ वर्षीया WANWISA JANTASAN र राहदानी नम्बर एबि २८७९४३० वाहक ४१ वर्षीया WARAPORN KHUNSOMBAT रहेका छन् ।

भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमा प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारेको हो । उनीहरूमध्ये WANWISA को साथबाट १ लाख ७९ हजार ५ सय तथा WARAPORN को साथबाट १ लाख १५ हजार गरी जम्मा २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै