तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जेष्ठ सदस्यलाई बनाउन आदेश गरेको छ ।

कार्यपालिकाको निर्णयअनुसार तारकेश्वरकासबै सामुदायिक विद्यालयहरुलाई सर्वोच्च अदालतको आदेश पूर्ण पालना गर्न परिपत्र गरेको छ ।

शिक्षा शाखा प्रमुख पदम बहादुर खत्रीले पत्र मार्फत सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०८१ माघ ९ गतेको अन्तरिम आदेश भई नगरपालिकाको शिक्षा (पहिलो संशोधन) ऐन, २०७९ को दफा १४ (क) का व्यवस्थाहरु कार्यान्वयन नगर्नु नगराउनु भन्ने आदेश जारी भएकाले सो आदेशको पालना गर्दै नगरपालिकाले अबदेखि सामुदायिक विद्यालयको व्यवस्थापन समिति बैठक वडाअध्यक्षबाट नबसी जेष्ठ सदस्यबाट बस्न विद्यालयहरुमा पत्राचार गरेको जनाएको छ। नगरपालिकामा २०७९ सालमा नयाँ जनप्रतिनिधिहरु आइसके पश्चात् सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा वडाअध्यक्ष वा निजले तोकेको वडा सदस्य हुन् सकिने व्यवस्था ऐन बनाई कार्यान्वयन गर्दै आएको थियो ।

अब देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने निर्णय भएको खत्रीले बताए।