२७ फागुन , काठमाडौ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गर्न आरोपपत्रमा माग गरिएको छ ।
विभागले कूल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल हुनुपर्ने जिकिर गरेको छ। कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागको आरोपपत्रमा उल्लेख छ ।
बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ ।
७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन, २०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छलि गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।


