Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको लागुऔषध ब्युरोले खैरो हेरोइनसहित २ जनालाई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले खैरो हेरोइनसहित पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भएका ३५ वर्षीय राजु थाम्सुहाङलाई गत वैशाख ३ गते ललितपुर महानगरपालिका-१४ विशालाचोकबाट पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यकालाई केन्द्रबिन्दु बनाई लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई लामो समयको निगरानी पश्चात् यस लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले थाम्सुहाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीले जानकारी दिए । उनको साथबाट प्रहरीले खैरो हेरोइन २३२ ग्राम, नगद रु। १ लाख ८० हजार र डिजिटल तराजु १ थान समेत बरामद गरेको छ ।

यता सोही दिन ब्युरोबाट खटिएको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपापालिका–५ जोरपाटीबाट रामेछापको उमाकुण्ड गाउँपालिका–७ घर भएका २१ वर्षीय दिनेश सुनुवारलाई समेत पक्राउ गरेको थियो । सुनुवारलाई नियन्त्रित लागु औषध नाइट्रोभेट ७४९ ट्याब्लेटसहित पक्राउ गरिएको उपरीक्षक कार्कीको भनाई छ ।

उनीहरूमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै