Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा चितवनमा ‘बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित कार्यक्रममा ‘बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम- २०७८’ सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा बुधबारदेखि युनिक वाइल्ड रिसोर्ट सौराहा चितवनमा उक्त कार्यशाला सञ्चालन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक सबै इकाईहरूमा बाह्‍य प्रशिक्षणको सवालमा एकरूपता कायम गर्नुपर्ने उल्लेख गरे । प्रशिक्षार्थीहरूलाई ज्ञानको साथै अनुशासन, सीप र धारणामा केन्द्रित भएर प्रशिक्षण प्रदान गर्नुपर्नेमा उनले जोड दिए । साथै भर्ना छनौटलाई पारदर्शी बनाउन प्रशिक्षण प्रदायक सबै इकाईहरूलाई उनले निर्देशन समेत दिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले छलफल तथा प्रस्तुतीकरणमा उठेका बिषयहरूमा टिप्पणी गरेका थिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रतिष्ठानको प्रत्यक्ष मातहतमा रहेका नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालय महाराजगंज समेतका प्रमुखहरु, बाह्‍य प्रशिक्षकहरू तथा व्यवस्थापकीय समूहको सहभागिता रहेको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र सहभागी अधिकृतहरूबीच छलफल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै