Comments Add Comment

Advertisment

SKIP THIS

कालिमाटी प्रहरीले सरकारी छाप कीर्ते गर्ने कार्यमा संलग्न गिरोहका १२ जना पक्राउ

प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंको विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

केही समयअघि काठमाडौं महानगर–१२स्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाएर मानिसहरूलाई ठगी गरिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो।

सूचनाको आधारमा कालिमाटी वृत्तबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले जानकारी दिए।

यी हुन् पक्राउ परेका व्यक्तिहरू

रोल्पा माडी–१ घर भई हाल गोंगबु, मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा,रोल्पा माडी–४ घर भई हाल गोंगबु,मिलन टोल बस्ने वर्ष २४ को प्रज्वल खड्का,बागलुङको बागलुङ–८ घर भई हाल सामाखुशी बस्ने वर्ष ३० को रञ्जित कार्की,म्याग्दी बेनि–५ घर भई हाल मनमैजु, बालाजु बस्ने वर्ष ३३ को रामजी परियार,ललितपुर महांकाल–३ घर भई हाल गोंगबु, नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई ,पाल्पा पूर्वखोला–५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जीवनकुमार श्रेष्ठ,रामेछाप गागल–८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर,ललितपुर महाकाल–२ घर भई हाल मानिखेल बस्ने वर्ष रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी–४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दीप मैनाली,सिन्धुली दुधौली–६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर,दैलेख आठबीस–३ घर भई हाल सिनामङ्गल बस्ने वर्ष २२ को निरञ्‍जन तिवारी र धादिङ थाक्रे–४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङ् प्रहरीले जनाएको छ् ।

पक्राउ परेकाबाट बरामद भएका सामानहरू

मोबाइल थान- १४,विभिन्न सरकारी एवम् निजी छाप थान- १०,कन्सुलर विभागको छाप थान- १,राष्ट्रिय परीक्षा बोर्डको छाप थान- १,परीक्षा नियन्त्रण कार्यालयको छाप थान- १ ,
तारानाथ एसोसियट्स रजिस्टर्ट अडिटरको छाप थान- १,नेपालय एजुकेसन एफ.एस. स्कुलको छाप थान- १ ,वडाअध्यक्षको छाप थान- १ , कृष्णप्रसाद शर्माको सहीछापको छाप थान- १ ,किमराज बरालके सहीछापको छाप थान- १ ,होटेल माउन्टेन प्रा.लि. को छाप थान- १ ,देवल माध्यमिक विद्यालय डडेलधुराको छाप थान- १ रहेको छ ।

कीर्ते गरिएका विभिन्न सरकारी कागजपत्रहरू

प्रहरी चारित्रिक प्रमाणापत्र थान-३,भ्याक्सिन प्रमाणीकरण कार्ड थान–१,इ–पार्सपोर्ट आवेदन फाराम थान-५

पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद(२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ बमोजिम महानगरीय प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै