Comments Add Comment

Advertisment

SKIP THIS

मृगको सिकार गरेको आरोपमा नेपाली सेनाको टोलीले एक जनालाई पक्राउ

काठमाडौं– मृगको सिकार गरेको आरोपमा नेपाली सेनाको टोलीले एक जनालाई पक्राउ गरेको छ। चितवनबाट पक्राउ परेका ती व्यक्तिको परिचय भने सेनाले खुलाएको छैन।

सिकार गरेर मृतको मासु बोकेर घर फर्कने बेलामा सेनाको टोलीले पक्राउ परेको हो। चितवनको कालिका नगरपालिका–८ स्थित तीनकन्या सामुदायिक वनमा सुरक्षार्थ खटिएको सिंहनाथ गणको टोलीले मृगको मासु, भरुवा बन्दुक तथा गोलीसहित ती व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ परेका ती स्थानीय व्यक्तिलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै