नेपालमा यदि कुनै हस्तक्षेपकारी नीति अवलम्बन गरिएन भने अवको करिब ५५/५६ दिनपछि स्थानीय चुनाव हुँदैछ । दलहरु प्राय: चुनाव जित्ने रणनीतिमा लागिपरेका छन । त्यस्तै आजको कान्तिपुरमा ” लिमीमा चुनावाघि नै चुनिए जनप्रतिनिधि ” शिर्षकको लेख पढियो । हुम्लाको नाम्खा गाँउपालिका ६ , लिमीका जनताले स्थानीय चुनाव आउनुभन्दा अघि नै करिब १५० घरका एक एक जना सदस्य भेला भएर वार्ड अध्यक्ष र सदस्य चुनिसकेका छन भने अव गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चुन्न मात्र चुनावमा भाग लिने छन । त्यसो त अचम्मको कुरा के छ भने देशको अन्य ठाउँको तुलनामा लिमीमा आफ्नै नियम छ । खेतवारी जोद्दा, अन्नवाली भित्र्याउँदालगाएत अन्य निजी कामको लागि पनि वार्ड अध्यक्षको अनुमतिबिना कुनै काम गर्न पाउंदैनन । गाउँ भेलामा उपस्थित नहुनेले १ हजारदेखि १ लाखसम्म जरिवाना तिर्नुपर्ने रहेछ । त्यहाँका जनप्रतिनिधिहरुको भनाइअनुसार प्रत्येक मानिसहरु अनुशासनको दायराभित्र बस्न जरुरी देखिन्छ । हुन पनि यदि सवै मानिसलाइ अनुशासन र नैतिकताको पाठ सिकाउने हो भने समाजमा बिकासको सम्भावना बढी नै हुन्छ । कुनै किसिमको चाकरी, चाप्लुसी, पद , पावर, प्रतिष्ठा अनि पैसाको लडाइमा चुनावी एजेन्डा बनाएको कारणले पनि आज हाम्रा मात्र नभएर राम्रा र नैतिकवान अनि समाजप्रति जिम्मेवार ब्यक्तिहरु जनप्रतिनिधि हुनवाट बन्चित भएका छन । भौगोलिक बिकटता भएको हुम्लाको लिमीमा प्राय: जनताको शैक्षिकस्तर त्यति माथि नउकासीए पनि त्यँहाको जनप्रतिनिधि चयन प्रकृया यदि अन्य स्थानीय निकाएले पनि अप्नाउने हो भने चुनावमा न त धांदली, मारकाट, छिमेकीबिचमा पानी वारावारको स्थिति आउँछ न त दलीय ट्यागले बिकासमा अवरोध खडा हुन्छ । त्यसैले अवको स्थानीय चुनावमा जनताले जनप्रतिनिधि छान्दा बुझ्नै पर्ने महत्वपूर्ण कुराहरु के के हुन भने : उमेद्वार एक
नैतिक धरातलमा अडिग हुने खालको , जनताको सुख र दुखमा साथ दिने , भ्रस्टाचारमा लिप्त नहुने , विकास निर्माणको कार्यमा सधैं लागि पर्ने , सबैलाई समेटेर लैजाने खुबी भएको ,
गाउँघरका हरेक कार्यहरुमा सरिक भई जनतालाइ साथ दिने, राष्ट्रिय भन्दा नि स्थानीय मुद्दाहरु उठान गर्न सक्ने, स्थानीय संगठनलाई चुस्त र दुरुस्त राख्ने क्षमता भएको , जनसचेतना कार्यक्रमहरु संचालन गर्ने , जनतासँग प्रत्यक्ष जोडिएका बिषयहरुलाई तार्किक निष्कर्षमा पुर्याउने सृजनात्मक सोच भएका, घर तथा समाजमा अपहेलित र असक्षम ब्यक्तिहरुको माग सम्बोधन गर्न सक्ने खुबी भएका ब्यक्तिहरुलाइ जनताले जनप्रतिनिधिकोरुपमा छान्न सक्ने हो भने लिमीका जनताले जसरी आफ्ना जनप्रतिनिधि चयन गरेका छन त्यस्तै पाठ सवैले सिनुपर्ने जरुरी देखिन्छ र आजको आवस्यकता पनि त्यही नै हो ।
खिमराज गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
सम्बन्धित खवर
Advertisment








