Comments Add Comment

Advertisment

SKIP THIS

पश्चिम बागलुङको रणनीतिक सडक निर्माण सुरु

१८ मंसिर , काठमाडौं । गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरुआत भएको छ ।

शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले गलकोटमात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रूपमा रहने बताए।

सडक विभागले रु ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्शन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट आठ किमी सडक कालोपत्र गरिने बताए ।

सुरुको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाइ छ । ‘कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ’, प्रबन्धक लामाले भने, ‘एघार किमीमा सडक कटिङ हुन्छ, आठ किमी जति कालोपत्र हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै